काभा यू–२० पुरुष भलिबल : श्रीलङ्कालाई साेझाे सेटमा हराउँदै नेपालकाे विजयी शुरुआत

 असोज २०, २०८१ आइतबार १८:३०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : काभा

काठमाण्डाै – काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले विजयी शुरुआत गरेको छ ।

कोलम्बोको सुगाथादासा रङ्गशालामा आज भएको खेलमा नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो । नेपालले पहिलाे सेट २५–१४, दाेस्राे सेट २५–२३ र तेस्राे सेट २८–२६ ले जित्याे ।

आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा नेपालले भोलि उज्वेकिस्तानसँग, तेस्रो खेलमा पर्सि असोज २२ गते माल्दिभ्ससँग र चौथो खेलमा असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौं खेलमा असोज २५ गते तुर्किमिनिस्तानसँग खेल्ने तालिका छ ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया