एनपीएलकाे 'अक्शन' चल्दै, कुन खेलाडी कतिमा अनुबन्ध भए ?

 असोज २०, २०८१ आइतबार १८:३३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडीको अक्शन आज भइरहेको छ । अक्शनमा एक सय  ६२ जना खेलाडी सहभागी छन् ।

अहिलेसम्मको अक्शनअनुसार रिजन ढकाललाई चितवन राइनोजले १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यस्तै आशुतोष घिरैयालाई लुम्बिनी लायन्सले १० लाख, ललित राजवंशीलाई जनकपुर बोल्ट्सले १५ लाख, सूर्य तामाङलाई लुम्बिनी लायन्सले १५ लाख, लोकेश बमलाई विराटनगर किङ्ग्सले १५ लाख, रुपेश सिंहलाई जनकपुर बोल्ट्सले १० लाख, प्रतिस जिसीलाई विराटनगर किङ्ग्सले १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

यस्तै साहब आलमलाई काठमाण्डौ गुर्खाजले १५ लाख, किरण ठगुन्नालाई पोखार एभेन्जर्सले १० लाख, सागर ढकाललाई पोखरा एभेन्जर्सले १५ लाख, विवेक यादवलाई लुम्बिनी लायन्सले १५ लाख, नारायण जोशीलाई पोखरा एभेन्जर्सले १० लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

यस्तै अनिल साहलाई जनकपुर बोल्ट्से १५ लाख, आरिफ शेखलाई सुदूरपश्चिम रोयल्सले १५ लाख, भीम सार्कीलाई काठमाण्डौ गुर्खाजले १५ लाख, तिलकराज भण्डारीलाई लुम्बिनी लायन्सले १० लाख, आकाश चन्दलाई पोखरा एभेन्जर्सले ११ लाख ५० हजार रुपैयाँमा अनुबन्ध गरेकाे छ ।

यस्तै अभिनाश बोहोरालाई सुदूरपश्चिम रोयल्सले १२ लाख,  मौसम ढकाललाई कर्णाली याक्सले १० लाख, नन्दन यादवलाई कर्णाली याक्सले ११ लाख रुपैयाँमा अनुबन्ध गरेकाे छ ।

अक्शनमा खेलाडीलाई ‘ए’, ‘बी’, र ‘सी’ गरी ३ वटा श्रेणीमा विभाजन गरिएको छ । ‘ए’ श्रेणीका खेलाडीलाई न्यूनतम १० देखि उच्चतम १५ लाख रुपैयाँ, ‘बी’ का लाई न्यूनतम ५ देखि उच्चतम १० लाख रुपैयाँ र ‘सी’ श्रेणीका लाई न्यूनतम २ देखि ५ लाख रुपैयाँ तोकिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएल खेल्ने ८ वटा टोली र मार्की खेलाडी टुङ्गो लगाइसकेको छ । 

एनपीएलमा काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, लुम्बिनी लायन्स, विराटनगर किङ्ग्स, जनकपुर रोयल्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली छन् । एउटा टोलीमा १६ जना खेलाडी हुनेछन् । प्रतियोगिता आउँदो नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया