काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल र माल्दिभ्ससँग खेल्दै

 असोज २२, २०८१ मंगलबार १०:११:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । श्रीलङ्कामा भइरहेको प्रतियोगितामा नेपाल र माल्दिभ्सको खेल नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे शुरु हुनेछ ।

कोलम्बोको सुगाथादासा रङ्गशालामा आजै श्रीलङ्का र किर्गिस्तान तथा तुर्कमेनिस्तान र उज्वेकिस्तान पनि खेल्दैछन् । यसअघि हिजो भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । पहिलो खेलमा भने नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो ।

आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले चौथो खेलमा पर्सि असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौँ खेलमा असोज २५ गते तुर्कमेनिस्तानसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया