मेलम्चीको पानी काठमाण्डौमा पुनः वितरण शुरू

 असोज २२, २०८१ मंगलबार १८:३०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गएको असारमा बर्खा लागेसँगै बन्द भएको मेलम्ची आयोजनाको खानेपानी आजदेखि फेरि वितरण शुरू भएको छ । मेलम्ची नदीबाट पठाएको पानी आज काठमाण्डाैको सुन्दरीजल आइपुगेसँगै खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले वितरणको शुभारम्भ गर्नुभएको हो ।

दैनिक २२ करोड लिटर आउने गरी पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले दिनुभयो । दिउँसोदेखि पानी सुन्दरीजलको प्रशोधन केन्द्रबाट वितरण केन्द्रहरूमा छाडिएको उहाँको भनाइ छ ।

आन्दोलनरत स्थानीयवासी र हेलम्बु गाउँपालिकासँग मन्त्री यादवले हिजो राति सहमति भएपछि सुरुङमा पानी छाेड्न शुरू भएको थियो । २०७८ साल असार १ गते र त्यसपछिका बाढी पहिरोले मेलम्ची आयोजनाको पानी पठाउने सुरुङ क्षेत्रमा ठूलो क्षति पुर्‍याएकाले बर्खाको समयमा पानी ल्याउन बन्द हुँदै आएको छ । पछिल्लो चार वर्षदेखि बर्खा सकिएपछि मात्रै मेलम्चीको पानी काठमाण्डौ ल्याउने काम भइरहेको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया