पचली भैरव जात्रा सकियो

 असोज २३, २०८१ बुधबार ७:३९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ टेकुमा रहेको च्वगु पचली भैरव जात्रा गएराति सकिएको छ । जात्राको क्रममा हिजो बेलुकी पचली भैरवलाई काठमाण्डौको विभिन्न ठाँउमा परिक्रमा गर्ने गरिन्छ ।

पचली भैरवको प्रतिक घ्याम्पो, अजिमासहित नायखि गणेशलाई हिजो बेलुकी ६ बजे  टेकुबाट लगन, ज्याबहाल, जैसी देगल, चिकंमुगल, हनुमाढोका परिक्रमा गराएको थियो । हनुमानढोकामा विशेष पुजा गरेपछि देवदेवीलाई आ–आफ्नो ठाउँमा फर्काएपछि यसवर्षको पचली जात्रा सकिएको हो । उपत्यकाका जात्राहरुमध्ये दशैको समयमा हुने पचली भैरवको जात्रालाई महत्वपूर्ण जात्राको रुपमा लिइन्छ ।

यसैबीच जीवित देवी कुमारीले हिजो पचली भैरवको दर्शन गर्नुभएको छ । प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा छ ।

कुमारीलाई भैरवको दर्शन गराउन काठमाण्डौ महानगरपालिका–१२ मा रहेको  पचली पीठबाट भैरवको जात्रा गरी हिजो बेलुका हनुमान ढोका पुर्‍याइएको हो । कुमारीलाई भैरवको दर्शन गराउँदा कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ ।

विशेष बाजागाजासहित पचलीबाट शुरु भएको यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो । घ्याम्पोमा भैरवको विम्ब बनाएर नगर परिक्रमा गराउँदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको भीड लागेको थियो । 
 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया