विश्व बैंकले नेपाललाई विपद् प्रतिरोध क्षमता विकास गर्न झन्डै २० अर्ब रुपैयाँ ऋण दिने

 असोज २३, २०८१ बुधबार १७:२६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : फाइल/एजेन्सी

काठमाण्डौ – विश्व बैंकले नेपाललाई विपद् प्रतिरोध तथा यससम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर अर्थात् झन्डै २० अर्ब रुपैयाँ ऋण दिने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारलाई प्राकृतिक वा जलवायुजन्य विपद् तथा आपत्कालको अवस्थामा उपयोग गर्न सहुलियत ऋण स्वीकृत गरेको हो ।

नेपाल विपद् प्रतिरोधात्मक विकास नीति ऋण नामक यस कार्यक्रमले विपद् प्रतिरोधात्मक क्षमता बढाउन नीतिगत सुधारलाई सहयोग गर्ने र प्रभावकारी आपत्कालीन प्रतिकार्यका लागि संस्थागत संयन्त्रलाई सुदृढ बनाउने उद्देश्य राखेको छ ।

यो सहयोगले पूर्वसूचना प्रणालीलाई सुधार गर्ने, जोखिम न्यूनीकरणका लागि नीति, संस्था र नियामक संरचना निर्माण गर्ने र सार्वजनिक स्वास्थ्य आपत्कालीन तयारीलाई थप मजबुत पार्न मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।

बाढी पहिरोलगायत प्राकृतिक प्रकोप, अन्तर्राष्ट्रिय समुदायको गतिविधिका कारणले मौसममा आएको प्रभाव वा स्वास्थ्य वा सामाजिक क्षेत्रमा आउने विपत्ति सामना गर्न विश्व बैंकले यस्तो ऋण दिने गर्छ । विश्व बैंकले स्वीकृत गरेको ऋण नेपालले आफूले चाहेको समयमा लिन सक्नेछ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया