सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्ड अवरुद्ध

 असोज २५, २०८१ शुक्रबार १०:५७:१३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

उदयपुर – सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गको उदयपुर कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध छ ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार ठूलो पहिरो खसेकाले स्काभेटर, जेसिवीले मात्रै तत्काल सडक खुलाउन सक्ने अवस्था छैन । पहिरो हटाउन ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर माग गरिएको उहाँको भनाइ छ ।

कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले त्यस क्षेत्रमा एक सय ५० मिटरभन्दा बढी पहिरोले सडक पुरेको जानकारी दिनुभयो । कटारी–घुर्मी सडकखण्ड अवरुद्ध भएपछि खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु आउजाउ गर्ने यात्रुलाई समस्या भएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया