बीपी राजमार्गको पिप्ले खण्डमा पहिरो पन्छाउन अझै केही समय लाग्ने

 असोज २५, २०८१ शुक्रबार १५:७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्ले खण्डमा पहिरो पन्छाउन अझै केही समय लाग्ने भएको छ । ठूलो सुक्खा पहिरोले अवरुद्ध भएको काभ्रेको रोशी गाउँपालिका पिप्लेखण्डमा अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । लामो प्रयासपछि मर्मत गरेर १४ दिनपछि आज बिहान खुलेको सडकमा फेरि पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले पहिरोले पुरिएको गाडी निकालिएको जानकारी दिनुभयो । पहिरोले गाडीमा क्षति पुगे पनि मानविय क्षति भने हुन पाएको छैन । अझै पनि एउटा बस र स्काभेटर पहिरोले पुरिएकाले निकाल्ने काम भइरहेको पनि उहाँले जानकारी दिनु भयो ।

ठूलो सक्खा पहिरो खसेकाले तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको खड्काले उज्यालोलाई जानकारी दिनुभयो । यसअघि विभिन्न ठाउँमा क्षति भएको सडकमा डाइर्भसन मिलाएर आज बिहानदेखि सञ्चालनमा आएको थियो ।

गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो ।

अन्तिम अपडेट: असोज २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया