अमेरिकाको कोलोराडोमा रहेको सुन खानीमा फसेका १२ जना पर्यटकको उद्धार

 असोज २५, २०८१ शुक्रबार १५:५१:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको कोलोराडोमा रहेको एउटा सुन खानीमा घण्टौँसम्म फसेका १२ जना पर्यटकको उद्धार भएको छ । एक जनालाई भने बचाउन नसकिएको उद्धारकर्ताले जनाएका छन् । क्रिपल क्रीकमा रहेको मोली क्याथलीन सुन खानीमा घुम्न गएका १३ जना घण्टौँसम्म फसेका थिए ।

यो सुनखानी निजी स्वामित्वको एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । पर्यटक चढेको लिफ्टमा समस्या आएपछि उनीहरु फसेका थिए । टुर कम्पनीको वेबसाइटका अनुसार एक घण्टा लामो भ्रमणका क्रममा आगन्तुकहरूलाई जमिनबाट ३ सय ५० मिटर तलसम्म पुर्‍याउँछ ।

उद्धार टोलीले खानीको तल फसेका १२ जनासँग कुराकानी गरिरहेका थिए । फसेकाहरुसँग खान र बस्नको लागि थोरै सामान भएकाले बाँचेका थिए । गभर्नर जेरेड पोलिसले मोली क्याथलीन खानीमा फसेका १२ जनालाई सुरक्षित उद्धार गरिएकोमा खुसी व्यक्त गर्नुभएको छ । 
 

अन्तिम अपडेट: असोज २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया