बीपी राजमार्गको यात्रा अनिश्चित, जोखिम भएकाले सकभर गाडी नचलाउन प्रहरीको अनुरोध

 असोज २५, २०८१ शुक्रबार १७:२६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १४ दिनपछि आज बिहान खुलेको बीपी राजमार्ग खुल्ने र बन्द हुने भइरहेको छ । काभ्रेको पिप्ले खण्डमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । बिहान केहीबेर खुलेको सडक ठूलो पहिरो आएपछि फेरि बन्द भएको थियो ।

दिउँसो केहीबेर सडक एकतर्फी खुलाएर रोकिएका गाडी पार गराए पनि सुक्खा पहिरो झर्ने क्रम नरोकिएकाले अहिले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनु भयो ।

सडक माथिबाट सुक्खा पहिरो झरीरहेकाले यो सडकबाट जोखिमपूर्ण यात्रा नगर्न पनि प्रहरीले सबैमा अनुरोध गरेको छ । पहिरोले पुरेको एउटा जीप र बस निकालिएको छ । बस निकाल्न गएको एस्काभेटर पनि पहिरोमा पुरिएको थियो । पहिरोले गाडीमा क्षति पुगे पनि मानविय क्षति भने हुन पाएको थिएन ।

गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो ।
 

अन्तिम अपडेट: असोज २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया