दाङमा आज नि:शुल्क बस सेवा सञ्चालन

 असोज २६, २०८१ शनिबार १५:२२:२३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको एक निजी विद्यालयले आज दशैँको टीकाको दिन नि:शुल्क बस सेवा सञ्चालन गरेको छ । गुरुकुल एकेडेमी दाङले सञ्चालन गरेका निःशुल्क बस सेवा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म चल्ने छन् ।

आज सार्वजनिक गाडी कम मात्रामा चल्ने र यात्रुको चाप धेरै हुने भएकाले सर्वसाधारणको सहजताका लागि नि:शुल्क यातायात सेवा दिएको गुरुकुल एकेडेमीका अध्यक्ष अनन्तराज घिमिरेले जानकारी दिनुभएको छ । आज गुरुकुल एकेडेमी घोराहीबाट ३ वटा बस र तुल्सीपुरबाट २ वटा गरी जम्मा ५ वटा बस सञ्चालन भएका छन ।

गुरुकुल एकेडेमी घोराहीका बसहरू घोराहीको तुलसीपुर चोकबाट नारायणपुरसम्म, तुलसीपुर चोकबाट गोग्लिसम्म र आर्मी ब्यारेकबाट दिपशिखा चोकसम्मको रुटमा चलिरहेका छन । यसैगरी तुलसीपुरका बसहरू आँखा अस्पताल रक्षाचौरबाट शीतलपुरसम्म र विद्युत कार्यालयबाट दुधरास सम्मको रुटमा चलिरहेका छन । 

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया