प्रहरीको लापरबाहीका कारण बस दुर्घटनामा आफन्तको ज्यान गएको भन्द...
कात्तिक २४, २०८१ शनिबार
संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा योगदान गर्ने ४० वटा देशहरूले इजरायलले लेबनानमा शान्ति सैनिकमाथि गरेको आक्रमणको निन्दा गरेका छन् । इजरायलले लेबनानमा खटिएका शान्ति सैनिकमाथि गोली चलाउँदा पाँच जना घाइते भएका छन् । इजरायली आक्रमणको संयुक्त राष्ट्रसङ्घले गरेको कडा निन्दालाई ४० वटा देशले पनि समर्थन गरेका छन् ।
पोल्याण्डको संयुक्त राष्ट्रसङ्घीय मिसनले यस्ता कार्यहरू तुरुन्तै रोक्न र पर्याप्त अनुसन्धान गर्न माग गरेका छन् । इन्डोनेसिया, इटाली र भारत लगायतका राष्ट्रहरूले पनि संयुक्त वक्तव्यमा निकालेर शान्ति सैनिकमाथि इजरायली हमलाको विरोध गरेका छन् ।
शान्ति सैनिकमा योगदान गरेका नेपाल, घाना, मलेसिया, स्पेन, फ्रान्स र चीनले पनि इजरायलले अन्तर्राष्ट्रिय कानुन र मुल्य मान्यता तोडेको भन्दै निन्दा गरेका छन् । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहविरुद्धको लडाइका क्रममा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन युनिफिलले इजरायली सेनाले जानबुझ गरेर गोली चलाएको आरोप लगाएको छ ।
सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच ३३ दिनसम्म चलेको युद्धको अन्त्य भएपछि युद्धविरामको अनुगमन गर्ने जिम्मेवारी युनिफिलको छ । जसमा लेबनानी सेना र संयुक्त राष्ट्र शान्ति सेनालाई मात्र दक्षिण लेबनानमा तैनाथ गर्नु पर्ने उल्लेख रहेकोमा अहिले इजरायलले पनि लेबनानमा सैन्य हस्तक्षेप गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।