पश्चिम र मध्य अफ्रिकी क्षेत्रका १६ वटा देशमा बाढीबाट १४ सय जनाको ज्यान गयो

 असोज २७, २०८१ आइतबार १८:३०:४५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पश्चिम र मध्य अफ्रिकी क्षेत्रका १६ वटा देशमा बाढीबाट एक हप्तामा मात्रै १४ सय जना भन्दा धेरैको ज्यान गएको छ । ६६ लाख जना मानिसहरु प्रभावित भएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सबैभन्दा धेरै चाडमा १९ लाख, नाइजरमा १३ लाख, नाइजेरियामा १२ लाख र कङ्गोमा ११ लाख जना मानिस नराम्रोसँग प्रभावित भएको बताएको छ । यी देशमा गएको हप्तामा मात्रै बाढी र पहिरोमा परेर १४ सय जना मानिसको ज्यान गएको छ ।  नाै  लाख  ८० हजार जना विस्थापित भएका छन् ।

सयौँ विद्यालय र स्वास्थ्य संस्था क्षतिग्रस्त वा नष्ट भएपछि आधारभूत सामाजिक सेवाहरूमा मानिसहरूको पहुँच गुमेको छ ।  ओसीएचएका अनुसार सात लाख हेक्टर खेतीयोग्य जमिनमा क्षति भएको छ भने एक लाख २० हजार वटा गाईवस्तु मरेका छन् ।  यसले गर्दा खाद्य सुरक्षा र पोषण सङ्कटलाई अझ बढाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका कार्यवाहक आपतकालीन राहत संयोजक जोइस मसुयाले यस वर्ष केन्द्रीय आपतकालीन प्रतिक्रिया कोषबाट चाड, कङ्गो, नाइजर र नाइजेरियामा सहयोग गर्न ३५ मिलियन अमेरिकी डलर विनियोजन भएको बताउनुभएको छ ।  तर मानवीय अवस्थाको गिरावट रोक्नको लागि थप रकम आवश्यक रहेको ओसीएचएले बताएको छ ।
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया