हुलाकी राजमार्ग : कालिया खोलामा पुल र आसपासको सडक कालोपत्र नहुँदा समस्या

 असोज २८, २०८१ सोमबार ११:४८:५१ | रासस
unn.prixa.net

तस्बिर : रासस

सप्तरी – हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीको कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । पुल अलपत्र हुँदा आवतजावतमा समस्या छ ।

लामा बागमती निर्माण सेवाले २०७१ सालमा निर्माण शुरु गरे पनि काममा ढिलासुस्ती हुँदा समस्या भइरहेको स्थानीयबासिन्दाले बताएका छन् । पुल नबन्दा खोला नै तर्नुपर्ने बाध्यता रहेको स्थानीयबासिन्दा पिन्टु यादवले गुनासो गर्नुभयो । सप्तरीको सदरमुकाम राजविराजसमेत जोड्ने पुल भएकाले हजारौँले जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको उहाँले सुनाउनुभयो ।

यस्तै आसपास जोडिएको झन्डै दुई किलोमिटर सडकसमेत कालोपत्रे हुन सकेको छैन । बज्रगुरु निर्माण सेवा जेभीको ठेक्कामा रहेको सडक कालोपत्र नहुँदा थप समस्या भइरहेको देवनारायण यादवले गुनासो गर्नुभयो । यस्तै तिरहुत गाउँपालिका–५ बुधेवामा पुल निर्माण भए पनि त्यससँग जोडिएको एक किलोमिटर सडक कालोपत्र गर्न ढिलासुस्ती भएको छ ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया