भारत र क्यानडाको विवाद बढ्यो, क्यानडाबाट उच्चायुक्तसहित कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय

 असोज २९, २०८१ मंगलबार ६:१२:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । क्यानडामा सिख नेता हरदीप सिंह निज्जरको  हत्याको विषयलाई लिएर भारत र क्यानडाबीच तनाव बढ्दै गएका बेला भारतले उच्चायुक्त वर्मा र अन्य ६ जना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यसका लागि भारतले दिल्लीमा रहेको क्यानडाको उच्चायोगलाई पत्र समेत पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्  । यसैबीच, भारतले ६ जना क्यानडाका कूटनीतिज्ञ पनि निष्कासन गरेको छ । भारतीय विदेश मन्त्रालयले उनीहरुलाई १९ तारिखको राति १२ बज्नु अघि भारत छोड्न भनेको छ ।

सिख नेता निज्जरको गएको वर्ष क्यानडामा गोली हानी हत्या भएको थियो । उहाँको हत्यामा भारत सरकारका जासुसहरुको संलग्नता रहेको भन्ने क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोको बयानले २ देशबीचको सम्बन्ध तनावपूर्ण हुँदै गएको हो । भारतले क्यानडाको कूटनीतिक सञ्चारलाई पूर्ण रूपमा अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएको खबरमा उल्लेख छ ।

क्यानडनले निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरू संलग्न रहेको आरोपसहित छानबिन गरिरहेको बताएको छ । यसअघि भारतले निज्जरलाई आतङ्कवादी भन्दै आएको थियो । तर, निज्जरका समर्थकहरूले यसलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएका छन् । 
 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया