धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – आज अक्टोबर १५, विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन्?’ भन्ने नाराका विश्व हात धुने दिवस विश्वव्यापी मनाइँदैछ ।
यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो । साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवम् निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएका छन् ।
यही चेतना अभिवृद्धि गर्न यो दिवस मनाइन्छ । नेपालमा सन् २००८ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो । साबुनपानीले हात धुने कामलाई सबैभन्दा सस्तो खोपका रुपमा पनि लिइन्छ । डाक्टरहरुका अनुसार साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धुनुपर्छ ।
विभिन्न सङ्क्रमण फैलिन नदिन नियमित रुपमा साबुन पानीले हात धुनु सबैभन्दा सर्वसुलभ,सजिलो र महत्त्वपूर्ण उपाय भएको उनीहरुको भनाइ छ । तर अझै पनि ९० प्रतिशत मानिस हात स्वच्छताबारे अनभिज्ञ रहेका नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को योजना तथा अनुगमन शाखा प्रमुख डा.महेश्वर प्रसाद यादवले बताउनुभयो । हात धुने चेतना अभिवृद्धिका लागि नेपालमा अझै धेरै काम गर्न बाँकी रहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।