गाजामा बिग्रँदै गएको मानवीय अवस्थाप्रति अमेरिकाको चासो

 असोज ३०, २०८१ बुधबार ६:२२:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले इजरायललाई गाजामा मानवीय सहायताको पहुँच बढाउन ३० दिनको समय दिएको छ । इजरायली सेनाको पछिल्लो आक्रमणमा परेर उत्तरी गाजामा धेरे मानिस  हताहत भएका घटनापछि मानवीय सहायता नबढाए अमेरिकी सैन्य सहायता कटौती गर्ने चेतावनीसहित अमेरिकाले पत्र पठाएको हो ।

अमेरिकाले गाजामा  बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा गहिरो चासो व्यक्त गरेको बीबीसीले जनाएको छ । इजरायलले गएको महिना उत्तर र दक्षिणी गाजामा आएका झण्डै ९० प्रतिशत मानवीय सहायतालाई अस्वीकार गरि बाधा पुर्‍याएको छ ।

इजरायलले भने यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । इजरायलले उत्तरी क्षेत्रमा हमासका कार्यकर्ताहरूलाई लक्षित आक्रमण गरिरहेको छ तर मानवीय सहायताको प्रवेशलाई नरोकेको बताउँदै आएको छ । 
 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया