कानून समितिको वार्षिक प्रतिवेदन पारित
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डाै – मधेश प्रदेशका एक हजार आठ सयभन्दा धेरै स्वास्थ्यकर्मीले आन्दोलनमा गरिरहेका छन् । मुख्यमन्त्री कार्यालय अगाडि चलिरहेको धर्नामा चौथो र पाँचौं तहका सिअहेब तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् । उनीहरूले चैत २५ गतेदेखि धर्ना शुरू गरेका हुन् ।
धर्नामा सहभागी संयोजक मोहन साहले मधेश प्रदेश सरकारले ल्याएको ‘मधेश प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१’ मा उल्लेख भएको एक बाध्यात्मक वाक्यांशका कारण आफूहरू धर्नामा बसेको बताउनुभयो । ऐनका कारण आफूहरू बढुवाबाट वञ्चित भएको उहाँले बताउनुभयो ।
ऐनमा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भइसकेका स्वास्थ्यकर्मीहरूको बढुवा यही ऐन बमोजिम मात्र हुनेछ भन्ने बुँदालाई आधार मानेर मधेश लोक सेवा आयोगले प्रक्रिया रोकेपछि चौथो तहबाट सेवा शुरू गरेका कर्मचारीहरू अन्योलमा परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।