‘सुरक्षा’ का कारण बहराइनले इन्डोनेसियामा विश्वकप छनोट नखेल्ने

 कात्तिक १, २०८१ बिहीबार १५:१५:४ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

बहराइनको राष्ट्रिय फुटबल टोलीले इन्डोनेसियामा हुने विश्वकप छनोट खेल नखेल्ने बताएको छ । सुरक्षाको कारण देखाउँदै बहराइनले इन्डोनेसियामा फुटबल नखेल्ने बताएको बीबीसीले जनाएको छ ।

बहराइन फुटबल एसोसिएशनका अनुसार गएको हप्ता दुवै टोलीबीचको विवादास्पद २–२ गोलको बराबरीपछि इन्डोनेसियाका समर्थकहरूले बहराइनका खेलाडीलाई अनलाइनमार्फत मार्ने धम्की दिएका थिए ।

बहराइन र इन्डोनेसियाबीचको विश्वकप छनोट खेल अर्काे वर्ष मार्चमा जकार्तामा हुने तालिका छ तर बहराइन फुटबल एसोसिएशनले फिफालाई खेल इन्डोनेसियाबाहिरको ठाउँमा सार्न आग्रह गरेको छ । यसबारेमा इन्डोनेसियाली फुटबल सङ्घ र फिफाले सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया