व्यापारीहरूले आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता, कनिका धेरै भेटियाे

 कात्तिक १, २०८१ बिहीबार १५:३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपालगञ्जका व्यापारीहरूले भारतबाट आयात गरेको ८५ हजार किलो चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतमै फिर्ता गरिदिएको छ । परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा अर्थात् कनिकाको मात्रा धेरै पाइएपछि भारतमै फिर्ता गरेको विभागले प्रेस नोटमार्फत जानकारी गराएको छ ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले निकाल्नुभएको प्रेस नोटअनुसार नेपालगञ्ज एकीकृत जाँच चौकीमा रहेको विभागअन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा अत्यधिक भेटिएको हो । सरकारले चामल आयातका लागि तोकेको अनिवार्य मापदण्डअनुसार न्यून स्तर पाइएकोले निर्यात गर्ने देशमै फिर्ता गरेको विभागले जनाएको छ ।

विभागअन्तर्गत भन्सार नाकामा रहेका १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा रहेका प्रयोगशालाहरूबाट भन्सार विन्दुमै खाद्य पदार्थहरूको गुणस्तर परीक्षण तथा नियमन कार्य नियमित रूपमा गर्दै आइरहेको पनि प्रेस नोटमा उल्लेख छ ।

प्रेस नाेट

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया