इजरायली आक्रमणमा हमासका मुख्य नेता सिनवारको ज्यान गयो

 कात्तिक २, २०८१ शुक्रबार ६:५२:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले हमासका मुख्य नेता याह्या सिनवारको ज्यान गएको पुष्टि गरेको छ । इजरायली सुरक्षा बल आइडीएफले गएराति विज्ञप्ति निकालेर अस्ति बुधवार दक्षिणी गाजामा गरेको आक्रमणमा सिनवार मारिएको जनाएको हो । यसबारे हमासको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ ।

त्यसअघि इजरायली विदेशमन्त्री इजरेल काट्जले  सिनवारको ज्यान गएको भएको भन्दै विभिन्न देशका आफ्ना समकक्षीलाई व्यक्तिगत सन्देश पठाएको बीबीसीले जनाएको छ । सन्देशमा उहाँले गएको वर्ष अक्टोवर ७ मा भएको आक्रमणको मुख्य योजनाकर्ता हमास नेतालाई इजरायली सैनिकले मारेको उल्लेख गर्नुभएको छ ।

यसअघि आइडीएफले सिनवारको ज्यान गएको हुनसक्ने भन्दै डीएनए परीक्षण भइरहेको जनाएको थियो । लगत्तै विदेशमन्त्रीले ज्यान गएको पुष्टि गर्नुभएको खबरमा उल्लेख छ । यसअघि इरानमा भएको एक आक्रमणमा हमासका राजनीतिक कमाण्डर इस्माइल हनियाको ज्यान गएको थियो । हनियाको ज्यान गएपछि सिनवार नै हमासको मुख्य नेता थिए ।

यसैबीच गाजामा हमाससँगको युद्धमा सिनवारको मारिनु इजरायलको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताउनुभएको छ । सिनवारको ज्यान जानु हमासको लागि गम्भीर धक्का भएको बताउदै प्रधानमन्त्री नेतान्याहुले इजरायलको विजय प्राप्त गरेको तर युद्धको अन्त्य नभएको प्रतिक्रिया दिनुभएको छ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया