महिला स्वास्थ्य स्वयंसेविकाले कामका लागि यात्रा गर्दा सार्वजनिक गाडीको भाडा तिर्न नपर्ने

 कात्तिक २, २०८१ शुक्रबार १८:१४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महिला स्वास्थ्य स्वयंसेविकाहरूले कामका लागि आवतजावत गर्न सार्वजनिक गाडी निःशुल्क चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज एक कार्यक्रमबीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगबीच सम्झौता भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक गाडीमा भाडा नलिने सम्झौता गरेका हुन् । सम्झौता कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेवीहरूलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन यो पहल गरेको बताउनुभयो ।

यस्तै कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक गाडीमा स्वास्थ्य स्वयंसेवीहरूलाई निःशुल्क यात्रा गर्न दिँदा यातायात व्यवसायीहरूको शिर उँचो भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घकी अध्यक्ष वसन्ती महर्जनले नेपालभरका महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि आफ्नो जिल्लामा सार्वजनिक गाडी निःशुल्क चढ्न पाउने कुराको सम्झौता हुँदा खुशी लागेको बताउनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निःशुल्क सार्वजनिक गाडीको सेवा कात्तिक १५ गतेदेखि शुरू हुनेछ । सम्झौताबाट ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने सरकारको विश्वास छ । निःशुल्क सार्वजनिक गाडी चढ्नका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने छ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया