गोरखाको चुमनुव्रीमा लाखौं मूल्यका स्याउ कुहिने अवस्थामा

 कात्तिक ३, २०८१ शनिबार ११:५९:५५ | रासस
unn.prixa.net

फाइल फाेटाे

भक्तपुर – गोरखाको चुमनुव्री गाउँपालिकामा ३० हजार बोटमा फलेका लाखौं मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् ।

उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गर्नुभयो । कृषि र पर्यटनको सम्भावना रहेको गोरखाको चुमनुव्री गाउँपालिकामा करोडौंको स्याउ बाटो नहुँदा बजारसम्म ल्याउन नसकेर कुहिने अवस्थामा पुगेकोप्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने उहाँको भनाइ छ ।

गएको महाअष्टमीको दिनमा महाअभियानले हेलिकप्टरबाट चार सय ५० किलो स्याउ काठमाण्डाै ल्याउँदा प्रतिकेजी ६ सय ६६ रुपैयाँ पर्न गएको भन्दै सरकारले ती स्याउ नल्याए किसानको करोडौंको स्याउ कुहिने अध्यक्ष पण्डितले बताउनुभयो ।

चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भौगोलिक दृष्टिकोणले विकट रहेको हिमालपारिको गाउँ चुमनुव्रीमा स्याउका ३० हजार बिरुवाको खेती रहेकाेमा यातायातको सुविधा नहुँदा करोडाैंको स्याउ बिग्रने अवस्थामा पुगेको बताउनुभयो । गएको वर्षको तुलनामा झन्डै दाेब्बर स्याउ उत्पादन भए पनि बजारमा पुर्‍याउन नसक्दा किसान निराश छन् ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया