परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारको चार महिनाको विकास बजेट खर्चको अवस्था निराशाजनक पाइएको छ । प्रदेश सरकारले नागरिकको अपेक्षा अनुसार काम गर्न सकेको छैन ।
चालु आर्थिक वर्षको कुल विनियोजित बजेट २५ अर्ब ६ करोड ५६ लाख रुपैया मध्ये चालुतर्फ १३ अर्ब, ३५ करोड ८ लाख अर्थात ५३ दशमलव २६ प्रतिशत र पूँजीगततर्फ ११ अर्ब ७१ करोड ४८ लाख अर्थात् ४६ दशमलव १४ प्रतिशत विनियोजन गरिएको थियो ।
विनियोजित विकासको बजेट प्रथम चौमासिकसम्म २ करोड, ९ लाख अर्थात ० दशमलव १८ प्रतिशत मात्रै खर्च भएको छ । चालुतर्फ भने ३९ करोड ५३ लाख अर्थात् कुल बजेटको १ दशमलव ६६ प्रतिशत रकम खर्च भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा भने अहिले नै सर्वसाधारणहरु निराश भैहाल्ने अवस्था नभएको बताउनुहुन्छ ।
उहाँले कर्मचारी अभाव र केही महत्वपूर्ण कानुन अभावका कारण प्रदेश सरकारले विकासको बजेट खर्च गर्न नसकेको बताउनुभयो । साथै उहाँले प्रदेशमा आवश्यक कर्मचारीहरुको भर्ना अभियान सुरु गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘अस्थायी दरबन्दीमै भए पनि अब मंसिर महिनाभित्रै कर्मचारी भर्ना गर्छौँ।’
पहिलो चौमासिकको विकास खर्च हेर्दा अपेक्षा अनुरुप नभएको भए पनि दोस्रो चौमासिक र तेस्रो चौमासिकका लागि भने योजनाकासाथ अगाडि बढ्ने उहाँको भनाइ छ । तर, वर्षौँदेखि विकासे बजेट फ्रिज जाने परिपाटिलाई संघियताले पनि अनुसरण गरेको अर्थ जानकारहरु बताउँछन् ।
उद्योग वाणिज्य संघ प्रदेश अध्यक्ष शंकर बोगटी यही गतिमा प्रदेशको विकास बजेट खर्च हुने हो भने जनताले बोकेको समृद्ध प्रदेशको सपना पूरा हुन नसक्ने बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।