चिसो शुरु भएसँगै दिल्लीमा वायु प्रदूषण चक्र शुरु

 कात्तिक ४, २०८१ आइतबार १८:४४:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जाडो मौसम शुरु भएसँगै दिल्लीमा वायु प्रदूषण बढ्न थालेको छ । सरकारी तथ्याङ्कअनुसार आज दिल्लीको वायु गुणस्तर सूचक २६०–२६५ को बीचमा रहेको छ, जुन ‘खराब’ को श्रेणीमा पर्ने भारतको मौसम विभागले जनाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार आउँने दिनमा यो अझै खराब हुन सक्ने अधिकारीहरूले बताएका  छन् । वर्षभरि नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ । दूषित हावाले हरेक वर्ष दिल्लीवासीहरूमाझ गम्भीर स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । वायुको गुणस्तर सूचाङ्क ० देखि ५० बीचमा भएमा हावाको गुणस्तर राम्रो मानिन्छ ।

५१ देखि १०० सम्मको हावाको गुणस्तर सन्तोषजनक, १०१ देखि २०० अलिकति प्रदूषित, २०१ देखि ३०० खराब, ३०१ देखि ४०० अत्यन्तै कमजोर र ४०१ देखि ५०० सम्मको वायुको गुणस्तरलाई गम्भीर मानिन्छ ।

मौसम विभागका एक वैज्ञानिकले दिल्लीको वायुको गुणस्तर आउँदा  दिनमा अझै  ‘अत्यन्त कमजो’ रहने अनुमान गरेको बताएका छन् । केही स्थानीयहरूले पनि अहिले दिल्लीको प्रदूषण चक्रको शुरुवाती दिन मात्र आएको र सबैभन्दा खराब अवस्था आउनै बाँकी रहेको बताएका छन् ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया