बङ्गलादेशमा सत्ता परिवर्तनपछिको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड डलर क्षति

 कात्तिक ५, २०८१ सोमबार ६:३२:४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे, एजेन्सी

बङ्गलादेशमा सत्ता परिवर्तनपछि उद्योग क्षेत्रमा भएको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । बङ्गलादेशको निरङ्कुश प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको आन्दोलनपछि भएको अशान्तिका कारण बङ्गलादेशको महत्त्वपूर्ण गार्मेन्ट उद्योगले ४० करोड डलर गुमाएको उद्योग सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

अशान्तिका कारण बङ्गलादेशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रमा ठूलो समस्या उत्पन्न भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अहिले पनि बङ्गलादेशमा गार्मेन्ट उद्याेगका मजदूरहरूले रोजगारी र राम्रो तलबको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शन कहिलेकाहीँ हिंसात्मकसमेत हुने गरेको खबरमा उल्लेख छ ।

बङ्गलादेश चीनपछि कपडाको दोस्रो ठूलो निर्यातकर्ता हो । दक्षिण एशियाली देशका तीन हजार पाँच सय गार्मेन्ट उद्याेगले वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको झन्डै ८५ प्रतिशत हिस्सा ओगटेका छन् ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया