बार्सिलोनाले सेभिलालाई ५–१ गोलले हरायो

 कात्तिक ५, २०८१ सोमबार ७:४०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा मालोर्का, एथ्लेटिको मड्रिड र बार्सिलोना विजयी भएका छन् ।

हिजो भएका खेलमा मालोर्काेले रोयो भालेकानोलाई १–० गोलले हरायो । यस्तै एथ्लेटिको मड्रिडले लेनानेसलाई ३–१ गोलले हरायो । हिजो भएका भिलारियल र गेटाफेबीचको खेल भने १–१ गोलको बराबरीमा सकिएको छ ।

यस्तै आज बिहान भएको खेलमा बार्सिलोनाले सेभिलालाई ५–१ गोलले हरायो । ला लिगामा बार्सिलोना १० खेलमा २७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै रियल मड्रिड १० खेलमा २४ अङ्कसहित दोस्रो स्थानमा र एथ्लेटिको मड्रिड १० खेलमा २० अङ्कसहित तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया