साफ महिला च्याम्पियनशिपमा नेपालले माल्दिभ्ससँग खेल्दै

 कात्तिक ५, २०८१ सोमबार १२:१५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साफ महिला च्याम्पियशिप फुटबलमा आज आयोजक नेपालले माल्दिभ्ससँग खेल्दैछ । समूह 'बी' को यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । साफ च्याम्पियनशिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो । यसअघि साफको ६ संस्करणमा समूह चरणको सबै खेलमा नेपालले कम्तीमा १ गोल गरेको थियो । यस्तै माल्दिभ्स पहिलो खेलमा श्रीलङ्कासँग १–० गोलले पराजित भएको थियो ।

नेपाल र माल्दिभ्सको खेलअघि दिउँसो साढे १ बजो भुटान र श्रीलङ्का खेल्दैछन् । समूह 'बी' मा श्रीलङ्का ३ अङ्कसहित शीर्ष स्थानमा छ । नेपाल र भुटान १/१ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छ । माल्दिभ्स अङ्कविहीन हुँदै पुछारमा छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया