बाजुरामा अरिङ्गालले चिलेर गम्भीर घाइते भएका व्यक्तिकाे उपचारका क्रममा ज्यान गयाे

 कात्तिक ५, २०८१ सोमबार १२:२४:१४ | रासस
unn.prixa.net

फाइल फाेटाे

बाजुरा – बाजुराको बडीमालिका नगरपालिकामा अरिङ्गालले चिलेर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

गएको असोज २५ गते अरिङ्गालले चिलेर टोकेर घाइते भएका ६० वर्षीय डम्मबहादुर साउदको १० दिनपछि उपचारको क्रममा ज्यान गएको हो । उहाँको भारतको नायर अस्पतालमा उपचार भइरहेको थियो । उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उहाँलाई भारत लगिएको आफन्त नरेन्द्र थापाले बताउनुभयो ।

असोज २५ गते घरबाट आधा घण्टाको दूरीमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ (छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उहाँ गम्भीर घाइते हुनुभएको थियो । यही घटनामा स्थानीय बासिन्दा ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै ज्यान गएको थियो ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया