सिन्धुली–रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोशी नदीमा बेलिब्रिज हाल्ने काम सकियो

 कात्तिक ५, २०८१ सोमबार १५:३:१ | रासस
unn.prixa.net

रापेछाप – नेपाली सेनाले सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज हाल्ने काम सकेको छ । गएको असोज १२ गतेको बाढीले पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज हालेको हो ।

बिहान बेलिब्रिजको काम सकेको र अब भारवहन क्षमता जाँच गरेर एक/दुई दिनभित्रै गाडी चलाउन खुल्ला गर्ने सेनाले जनाएको छ । पैदल यात्रुहरु भने पुलबाटै वारपार गर्न थालेका छन् । रामेछापतर्फको पिल्लरको जगमा सडक डिभिजनले रिटेनिङ वाल र तारजाली भर्ने केही काम बाँकी रहेको छ ।

त्यो काम पनि चाँडै सकिने सडक विभागले जनाएको छ । सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी जोड्ने सुनकोशी नदीको एक सय मिटर लामो पुलको रामेछापतर्फको ५१ मिटर असोज १२ गते बाढीले बगाएको हो ।

पुल बनेसँगै सिन्धुली र खुर्कोटको यातायात सेवा जोडिएको छ । रामेछापसहित सोलुखुम्बु र ओखलढुङ्गाको केही क्षेत्रका बासिन्दालाई काठमाण्डौ तथा तराईका जिल्लामा आवातजावात गर्न प्रयोग हुँदै आएको खुर्कोटको पुल बगाएपछि घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।  

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया