जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
कलाकार किरण केसी र मह संचारले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र दालभात तरकारीको यतिबेला छायांकन भइरहेको छ । चलचित्रको क्लाइमेक्सको छायांकन लगभग सम्पन्न भएको निर्माता किरण केसीले बताए । अहिलेसम्ममा चलचित्रको करिब १५ प्रतिशत छायांकन सम्पन्न भएको बताइएको छ ।
चलचित्रमा समावेश एउटा गीतको छायांकनको तायारी भइरहेको निर्माता केसीको भनाइ छ । मिना निरौलाको स्वरमा रहेको यो गीत १५ गतेबाट छायांकन सुरु हुँदैछ । चितवनमा छायांकन गर्न लागिएको गीतमा नायिका प्रियंका कार्कीलाई फिचर गरिने बताइएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहने छ ।
चलचित्रमा समावेश अर्को गीतको पनि यतिबेला रेकर्डिङ कार्य भइरहेको छ । हरिवंश आचार्यको शब्द रहेको यो गीतमा शम्भुजित बास्कोटाको संगीत रहने छ । गीतमा स्वर भने निशान भट्टराई र अन्जु पन्तको रहने बताइएको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजन रहने छ भने श्यामश्वेतको सम्पादन रहने बताइएको छ ।
चलचित्र २०७६ को वैशाख १३ गतेदेखि प्रदर्शनमाआउने बताइएको छ । रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमान सिंह कुँवर, शिशिर वाङ्देल, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली चलचित्रका निर्माता हुन् ।
चलचित्रमा हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, सन्दीप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, विल्सन विक्रम राई, सुरेन्द्र केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।