देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा गर्ने

 कात्तिक ६, २०८१ मंगलबार ९:११:४ | रासस
unn.prixa.net

तनहुँ – तनहुँको देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । अल्पसङ्ख्यक तथा विपन्न समुदायलाई बीमामा समेट्ने उद्देश्यले निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

देवघाट पालिकाका पाँच वटै वडामा बसोबास गर्ने सीमान्तकृत बोटे र चेपाङसहित दलित र ब्रामु समुदायका बासिन्दाको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य बीमाका लागि पालिकाले चालू आर्थिक वर्षमा ११ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष थापाले बताउनुभयो ।

अल्पसङ्ख्यक तथा विपन्न समुदायसँगै अति विपन्न अन्य नागरिकको पनि स्वास्थ्य बीमा गरिदिने पालिकाको नीति रहेको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया