कर्णालीका ७९ मध्ये ४८ वटा पालिका आधारभूत अस्पतालविहीन

 कात्तिक ६, २०८१ मंगलबार १६:८:१५ | रासस
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका ४८ वटा पालिकामा आधारभूत अस्पताल नभएको प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । १० जिल्लाका ७९ वटा पालिका मध्य ३१ वटा पालिकामा मात्र आधारभूत अस्पताल सञ्चालनमा रहेका निर्देशनायलका सूचना अधिकारी नवराज कंडेलले जानकारी दिनुभयो । आठ वटा पालिका रहेको डोल्पामा एक सय १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन् ।

डोल्पाको कुनै पनि पालिकामा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन । यस्तै हुम्लाको सातमध्ये कुनै पनि पालिकामा आधारभुत अस्पताल छैन । हुम्लामा २६ वटा स्वास्थ्य चौकी छन् भने एउटा जिल्ला अस्पताल छ । मुगुका चारवटा पालिकामा आधारभुत अस्पताल छैन । २१ वटा प्राथमिक अस्पताल रहेको कर्णालीमा तीन सय ३० वटा स्वास्थ्य चौकी छन् । सात जिल्ला अस्पताल र ११ प्राथमिक स्वास्थ्य केन्द्र छन् ।

भौगोलिक विकटताका कारण कर्णालीमा अझै सबै पालिकामा आधारभूत तह अस्पताल निर्माण हुन नसकेको निर्देशनालयले जनाएको छ । कर्णालीमा सरकारले नसर्ने रोग, कलिलै उमेरमा आमा हुने समस्या र घरमा सुत्केरी हुने दर घटाउने प्रयास गरिरहेको बताएको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया