बर्गर तथा पिज्जामा 'लेबल' नलगाई बेच्ने, सरसफाइमा ध्यान नदिने डेरीलाई ५० हजार जरीमाना

 कात्तिक ७, २०८१ बुधबार ९:१६:२४ | रासस
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर–१५ हात्तीवनमा रहेको नेपाल डेरी प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाही गरेको छ ।

नेपाल डेरी प्रालिले बर्गर तथा पिज्जामा 'लेबल' नलगाई बिक्री/वितरण गरेको र सरसफाइमा पनि ध्यान नदिएको पाइएकाले ५० हजार रुपैयाँ कारबाही स्वरूप जरीमाना गरेको विभागले जनाएको छ । विभागले अनुगमन गर्दा कैफियत पाइएकाले कारबाही गरेको जनाएको छ ।

यसैगरी काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ मा रहेको कालु स्टोरमा खाद्य तथा अखाद्य पदार्थसँगै राखिएको, खाद्य पदार्थ नछोपी भण्डारण गर्ने गरेको र सरसफाइ सन्तोषजनक नरहेको अवस्थामा पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो । निरीक्षणका क्रममा देखिएका कमी कमजोरी सुधार गर्न स्टोरलाई निर्देशन दिँदै विभागले अटेर गरेमा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया