टी–२० नेत्रहीन विश्वकपका लागि १५ खेलाडीको घोषणा

 कात्तिक ९, २०८१ शुक्रबार ६:३१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – अर्को महिना हुने चौथो टी–२० नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाली खेलाडीहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।

यही नोभेम्बर २२ देखि डिसेम्बर ३ अर्थात मङ्सिर ७ देखि १८ गतेसम्म पाकिस्तानमा हुने विश्वकपका लागि रमेशबहादुर बानियाँको कप्तानीमा १५ जना खेलाडी छनोट भएका नेत्रहीन क्रिकेट सङ्घ नेपालले जनाएको छ ।

यही कात्तिक ४ र ५ गते मनमैजु, तार्केश्वर नगरपालिकामा रहेको  एन्जल्स स्पोर्ट्स एकेडेमीमा १९ जना दृष्टिविहीन क्रिकेट खेलाडीमध्येबाट अन्तिम १५ खेलाडी छनोट भएका हुन् ।

यसअघि गएको असारमा पहिलो चरणको छनोटअन्तर्गत १९ जना खेलाडी छनोट गरिएको थियो । अन्तिम छनोट भएका खेलाडीलाई तिहारपछि बन्द प्रशिक्षणमा राखिने छ ।

अन्तिम १५ जना खेलाडीमा कप्तान बानियाँसहित उपकप्तान पदमबहादुर बडैला, सुनिल सुवेदी क्षत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेमबहादुर क्षेत्री, निश्चल शिवाकोटी र भरत थापा रहेका छन् । यसैगरी प्रविन स्याङ्तान, मदन न्यौपाने, अमिश गुरागाईँ, सन्त पहरी, सुनिल राना मगर, नरेश चौधरी र पदम कार्की रहेका छन् । 
 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया