इरानमा चरमपन्थी समूहको आक्रमणमा परेर १० जना प्रहरीको ज्यान गयो

 कात्तिक ११, २०८१ आइतबार १२:३४:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानको ताफ्तानमा चरमपन्थी समूह जैश अल–अदलले गरेको आक्रमणमा १० जना इरानी सुरक्षाकर्मीको ज्यान गएको छ । इजरायली आक्रमणको एक दिनपछि नै इरानले अर्को आक्रमणको सामना गर्नुपरेको हो । १० जना सैनिकको ज्यान गएको ताफ्तान क्षेत्र पाकिस्तानको सीमा नजिकै छ ।

इरानी आन्तरिक मन्त्रालयले सशस्त्र आक्रमणकारीहरूले ताफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा आक्रमण गरेको बताएको छ । इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमानीले घटनालाई आतङ्कवादी आक्रमण भन्दै तत्काल अनुसन्धानको आदेश दिनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रहरी कर्मचारीहरू आफ्नो ड्युटी पूरा गरेपछि निवासमा फर्कने क्रममा आक्रमणमा परेका थिए । आतङ्कवादी सङ्गठन जैश–अल–अदलले आक्रमणको जिम्मेवारी लिएको छ । जैश–अल–अदल एक सशस्त्र चरमपन्थी सङ्गठन हो । 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया