अस्ट्रेलियामा मानव शोषणविरुद्ध लड्न विशेष सङ्घीय प्रहरी परिचालन

 कात्तिक १२, २०८१ सोमबार १२:४४:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बढ्दो मानव बेचबिखन र शोषणविरुद्ध लड्न अस्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) ले विशेष अधिकारीहरूलाई देशभरका समुदायहरूमा खटाएको छ ।

नयाँ मानव शोषण सामुदायिक अधिकारीहरूले मानव बेचबिखन र अनलाइन बाल यौन शोषण रोक्नका लागि जोखिममा परेका समुदायहरूलाई लक्षित शिक्षा प्रदान गर्ने एएफपीले जनाएको छ ।

अस्ट्रेलियामा गएको आर्थिक वर्षमा दासत्व, जबरजस्ती विवाह र जबरजस्ती श्रमसहित मानव बेचबिखनका तीन सय ८२ वटा घटना भएका थिए । जुन ३० मा सकिएको आर्थिक वर्ष २०२३/२४ मा यी घटना भएका हुन् ।

एएफपीको नेतृत्वमा रहेको एउटा समितिले देशमा आर्थिक वर्ष २०२२/२३ मा ४० हजार २ सय ३२ र २०२३/२४ मा ५८ हजार ५ सय बढी अनलाइन बाल यौन शोषणका घटना दर्ता भएको जनाएको छ ।

समस्या बढ्दै गएपछि विशेष टोली नै परिचालन गरेको अस्ट्रेलियाली सङ्घीय प्रहरीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया