चितवनको भरतपुरमा सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ निर्धारण

 कात्तिक १२, २०८१ सोमबार १५:५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवनको भरतपुरमा सयपत्री र मखमली फूलको मालाको मूल्य निर्धारण भएको छ । फ्लोरिकल्चर एशोसिएसन चितवनले दुवै फूलको मालाको मूल्य एक सय रुपैयाँ निर्धारण गरेको हो ।

भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फूल पर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ । अहिलेको उत्पादनले विदेशबाट आयत गर्नुपर्ने नदेखिएको एशोसिएसनले जनाएको छ । विगतमा फूलको मालाको मूल्य फरक–फरक भएकाले यस पटक एक सय रुपैयाँ निर्धारण गरिएको एशोसिएसनकाे भनाइ छ ।

एशोसिएसनले निर्धारण भएको मूल्यभन्दा धेरैमा बिक्री नगर्न फूल खेती गर्ने किसान र बिक्रेतालाई आग्रह गरेको छ । सयपत्री फूल प्रतिकिलो ४ सयदेखि ४ सय ५० रुपैयाँ कायम गरिएको किसानले बताएका छन् । सिजनबाहेक अन्य समयमा यसको मूल्य कम रहने गरेको छ ।

यस्तै भरतपुर महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रयोग गर्न भरतपुरवासीलाई अनुरोध गरेको छ । जिल्ला फूलमा आत्मनिर्भर भइसकेको अवस्थामा किसानलाई प्रोत्साहन गर्न महानगरले आग्रह पनि गरेको छ । चितवनमा यस वर्ष ४० बिघा क्षेत्रफलमा ३ लाख गोटा सयपत्री माला हुने फूल खेती भएको तथ्याङ्क एशोसिएसनले सार्वजनिक गरेको छ ।

यसैबीच फ्लोरिकल्चर एशोसिएसन चितवनले विदेशी फूल भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय तथा ७ वटा पालिकालाई पत्राचार गरिसकेको छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया