सुनको भाउ तोलाको एक लाख ७० हजार नाघ्यो
कात्तिक १४, २०८१ बुधबार
काठमाण्डौ – नेपालगन्जकी निर्मला कुर्मी प्रकरणमा अधिकारकर्मी रुबी खानसँग सरकारले तीन बुँदे सहमति गरेको छ । कुर्मीसँग जोडिएको मुद्दा तत्काल अदालतमा दर्ता गराउनुपर्ने मागसहित ८२ दिनदेखि आन्दोलनरत अधिकारकर्मी रुबी खान नेतृत्वको समूह र सरकारबीच हिजो तीनबुँदे सहमति भएको हो ।
निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरी अनुसन्धानका लागि गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच गएको असार १० मा भएको सहमतिअनुसार निरूपण गर्न नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखि पठाउने सहमतिमा उल्लेख छ ।
त्यस्तै सहमति पत्रमा विगतको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई थप अनुसन्धानका लागि आवश्यकताअनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाउने र आन्दोलन स्थगित गर्ने उल्लेख छ ।
खानसहित ११ महिला गएको साउन २५ देखि माइतीघरमा शान्तिपूर्ण आन्दोलनमा थिए । सरकारले खान समूहसँग सहमति गरेको यो पाँचौँ पटक हो । पछिल्लो सहमतिसँगै खानको समूहले आन्दोलन स्थगित गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।