पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
सुनसरी – सुनसरी हरिनगर गाउँपालिका–२ की गीता मरिकलाई कतिबेला बिहान हुन्छ र काम गरौँला भन्ने छटपटी हुन्छ । आस्था र लोकपर्वका रूपमा रहेको छठ पर्व नजिकिएसँगै उहाँको व्यस्तता बढेको हो । छठका लागि चाहिने सामग्री बनाउन सदरमुकाम इनरुवासहित हरिनगर, देवानगन्ज, इटहरी, दुहबी, रामधुनी, कोसी, बराह क्षेत्रलगायतका क्षेत्रमा बसोबास गर्ने मरिक समुदायलाई चटारो छ ।
छठमा प्रयोग हुने कोनियाँ, ढकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउनका लागि व्यस्त हुनुपरेको हरिनगर–२ का वीरेन्द्र मरिक बताउनुहुन्छ । छठमा बाँसका सामग्रीको माग अधिक हुने गरेकाले यस्ता सामान बनाएर बिक्री वितरण गरी कमाइ भएको रकमले चाडपर्वको गर्जो टार्ने गरेको वीरेन्द्रको भनाइ छ ।
छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक समुदायका व्यक्तिले पनि यस बेला आम्दानी गर्ने अवसर पाउँछन् । ‘अरू बेला कमाइ हुँदैन, पर्व अवसरका रूपमा आउने गर्छन्’, स्थानीय विन्देश्वर मरिकले भन्नुभयो । तर पछिल्लो समय आधुनिकतासँगै भित्रिएका प्लाष्टिकलगायतका सामग्रीले घरमा बनाएका सामानको माग घट्दै गएकोमा मरिक समुदाय उत्तिकै चिन्तित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।