नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानअनुसार आज दिउँसोदेखि मौसम सुधार हुँदै जानेछ ।
तीनवटा वायुको प्रणाली एकसाथ सक्रिय हुँदा अस्ति आइतवारदेखि शुरु भएको वर्षा हिजो पूर्वी, मध्यसहित पश्चिममा सक्रिय थियो । तर, पश्चिम बङ्गालआसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव घट्नुका साथै पश्चिमी र स्थानीय वायु पनि कमजोर बनेपछि आजदेखि वर्षा रोकिने मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार आज कोशी प्रदेश र देशका पहाडी भागमा मौसम बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ ।
आज कोशी प्रदेश र अन्य पहाडी भागका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हिमपातको सम्भावना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।