सर्लाहीमा कार पोखरीमा डुब्दा बेपत्ता भएका दुई जनाको शव फेला

 कात्तिक २०, २०८१ मंगलबार १०:१५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्लाहीको बयलबासबाट महोत्तरीको गौशलातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा चालकसहित २ जनाको ज्यान गएको छ ।

कार पोखरीमा डुब्दा बेपत्ता भएका कार चालक गौशाला नगरपालिका–१० सुरेश महतो र महोत्तरीको सोनमा गाउँपालिका–८ का रामाकान्त ठाकुरको ज्यान गएको हाे । महोत्तरीको गौशाला नगरपालिका–२ का जनक यादव भने पौडिएर निस्कनुभएको छ ।

आज बिहान ईश्वरपुर नगरपालिका–२ मियाँखोरको सरस्वती माध्यामिक विद्यालयको पोखरीमा अनियन्त्रित भई कार डुबेको थियो । पानीमा डुबेको कार पनि  निकालिएकाे बर्दिबासको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया