अमेरिकी डलरमा नयाँ रेकर्ड : एक डलरको एक सय ३५ रुपैयाँ नाघ्यो

 कात्तिक २२, २०८१ बिहीबार ८:३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी डलरको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्री दर एक सय ३५ रुपैयाँ १६ पैसा तोकेको छ ।

यो अहिलेसम्मकै उच्च हो । हिजो एक अमेरिकी डलरको बिक्री दर एक सय ३४ रुपैयाँ ८८ पैसा थियो । अस्ति मङ्गलवार एक सय ३४ रुपैयाँ ८९ पैसा पुगेको थियो ।

राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिद मूल्य एक सय ३४ रुपैयाँ ५६ पैसा तोकेको छ । केही हप्तादेखि अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ ।

पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । यद्यपि हिजो अमेरिकामा भएको राष्ट्रपतिको चुनावमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले जितेपछि लगानीकर्ताको आकर्षण डलरमा बढेको विश्लेषण गरिएको छ ।

ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गर्नुभएको छ । 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया