९५ वर्षकाे उमेरमा नागरिकता

 मंसिर १३, २०७५ बिहीबार ६:५७:७ | रासस
unn.prixa.net

लमजुङ – लमजुङका एक ९५ वर्षीय वृद्धले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेंसीशहर नगरपालिका–१ पौडेल गाउँका सूर्यप्रसाद वस्तीले बुधबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । 

प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले उहाँको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । यसअघि विसं २०३७ मा गाउँमा आएको टोलीबाट उहाँले अस्थायी निस्सा लिनुभएका थियो । 

“वृद्धा अवस्थामा रहनुभएकालाई घरमा नै गएर सार्वजनिक सेवा सुविधा दिन पाउँदा आफू निकै खुशी भएको छु”, प्रजिअ ढकालले भन्नुभयो । आवश्यक सबै प्रक्रिया पूरा गरी कार्यालयको कामलाई असर नगर्ने तरिकाले नागरिकता फाँटको अभिलेख किताबसहित कार्यालय समय सकिएपछि प्रजिअ ढकालले उहाँको घरमै गएर नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्नुभएको हो । 

“नेपाली नागरिकताको खासै खाँचो भएन, अस्थायी निस्साबाट नै काम चलाएका थियौं, वस्तीका कान्छा छोरा नारायणप्रसादले भन्नुभयो, “स्थानीय तह आएपछि सरकारले प्रदान गरिने सामाजिक सुरक्षाभत्ता (वृद्धा भत्ता) बुबाले पाउनु भएन, बैंकमार्फत दिन थालेपछि नागरिकताको अभावमा बुबाले सामाजिक सुरक्षाभत्ता पाउनुभएन, बैंकले नागरिकता नभई पैसा दिएन ।” 

बैंकले नेपाली नागरिकता खोजेपछि एक वर्षदेखि वस्तीले वृद्धा भत्ता पाउनुभएको छैन । वडा सचिव र जिल्ला प्रशासन कार्यालयको सहयोगमा बुवालाई घरमा नै नेपाली नागरिकता दिन पाउँदा खुशी लागेको छ । “घरमा नै सरकारी सेवा पाउन सहज हुन्छ भन्ने थाहा भएको भए यसअघि नै बुवाको नागरिकता बनाउने कोसिस गर्थे”, उहाँले भन्नुभयो । 

विसं १९९० को भूकम्पपछि वस्तीका सहपरिवार तनहुँको भन्सारबाट लमजुङको साविकको उदिपुर गाविसमा बसाइँसरी आएकाे थियो । वस्तीका दुई छोरा र तीन छोरी छन् । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया