अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा नेपालका सोहन र हृदयणीलाई स्वर्ण

 वैशाख १४, २०८२ आइतबार १८:३१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका सोहन पाठक र हृदयणी बस्नतेले २१औं वाटा (डब्ल्यूएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण पदक जितेका छन् । सोहनले पुरुष २४ केजीमुनि र हृदयणीले महिला २९ केजीमुनि स्वर्ण जितेका टोलीका प्रशिक्षक सरोज तामाङले जानकारी दिए ।

जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले थप १ रजत र २ कांस्य पनि जिते । महिला ३४ केजीमुनि जोलिना बस्नेतले रजत जितिन् । एकल पुम्सेको पुरुष १४ वर्षमुनि आश्रय उपाध्याय तथा १२ वर्षमुनि सक्षम श्रेष्ठले कांस्य हात पारे ।

प्रतियोगितामा १३औं दक्षिण एशियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । काजलले यसै प्रतियोगिताको २०औं संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया