बङ्गलादेश सरकारले पूर्व प्रधानमन्त्री हसिनालाई फिर्ता ल्याउन इन्टरपोलको सहयोग लिने

 कात्तिक २६, २०८१ सोमबार ६:२८:३१ | एजेन्सी
unn.prixa.net

मोहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलको सहयोग लिने भएको छ ।

हसिनासँगै उहाँको पार्टीका सम्पर्कविहीन भएका अरु नेताहरूलाई खोज्न पनि बङ्गलादेशले इन्टरपोलको सहयोग लिने भएको हो । बङ्गलादेशको अन्तरिम सरकारले इन्टरपोललाई ‘रेड कर्नर नोटिस’ जारी गर्न भनेको छ ।

यसअघि पूर्व प्रधानमन्त्री हसिना अपदस्थ हुनेगरी बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलन भएकामा प्रहरीले गरेको कारबाहीमा ७ सयभन्दा धेरैको ज्यान गएको थियो । आन्दोलन चर्किएको समयमा हसिना देश छाडेर भाग्न बाध्य हुनुभएको थियो ।

हसिना र अन्य अवामी लीगका नेताहरूमाथि जुलाई र अगस्टमा भएको विरोधलाई दबाउन प्रहरीलाई आदेश दिएको आरोप छ । नयाँ अन्तरिम सरकारले हसिनामाथि मानवताविरुद्धको अपराध गरेको आरोपसमेत लगाएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया