एशिया कपअघि नेपाली युवा टोलीले कर्नाटकको टोलीसँग आजदेखि पाँच खेलको शृङ्खला खेल्दै

 कात्तिक २८, २०८१ बुधबार ६:२२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसीसी १९ वर्षमुनिको नेपाली टोलीले एशिया कपअघि भारतको कर्नाटकको १९ वर्षमुनि टोलीसँग आजदेखि पाँच खेलको शृङ्खला खेल्दैछ ।

नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप मूलपानी क्रिकेट मैदानमा ५० ओभरको अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

नेपाली र कर्नाटक युवा टोलीबीचको पहिलो खेल आज हुँदैछ भने दोस्रो खेल पर्सि शुक्रवार,तेस्रो खेल मङ्सिर २ गते, चौथो खेल मङ्सिर ४ गते र पाँचौँ तथा अन्तिम खेल मङ्सिर ६ गते हुनेछ ।

यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ । युवा टोलीको कप्तानमा हेमन्त धामी छन् ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया