दैलेखमा पेट्रोलियम अन्वेषणअन्तर्गत ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा यूएईले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायाे । यूएईकी समिरा धार्निधार्काले सबैभन्दा धेरै ३१ रन बनाइन् । नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कृष्माले खेलको १८ औं ओभरमा ३ विकेट लिइन् ।
यूएईसँगको पहिलो खेलमा हारेको नेपाललाई १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट हुन आजको खेल निकै महत्त्वपूर्ण छ । नेपालले यूएईलाई हराएर मात्रै पुग्दैन, राम्रो रन रेटमा हराउनुपर्ने हुन्छ ।
चार वटा देश सहभागी प्रतियोगितामा यूएई ५ वटै खेल जित्दै १० अङ्कसहित शीर्ष स्थानमा छ । यूएईको नेट रन रेट ४ दशमलव ७९१५ रहेको छ । नेपाल ५ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा छ । नेपालको नेट रन रेट ४ दशमलव ३३०० रहेको छ । यदि यूएईसँग पराजित भएमा १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्ने नेपालको सम्भावना समाप्त हुनेछ । थाइल्यान्ड र कुवेत दुवै टाेली विश्वकपमा छनाेट हुने सम्भावना समाप्त भइसकेकाे छ ।
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो । यस्तै नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रन र पाँचौं खेलमा कुवेतलाई १ सय ६५ रनले हराएको थियो ।
प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।