काठमाण्डौको कालिमाटीमा आज हरियो तरकारीको भाउ बढ्यो, भिण्डी किलोको १५५ रुपैयाँ

 मंसिर ४, २०८१ मंगलबार ९:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज धेरैजसो हरियो तरकारीको भाउ बढेको छ ।

आज सबैभन्दा धेरै भिण्डीको भाउ बढेको छ । आज भिण्डीको भाउ किलोमा ६० रुपैयाँले बढेर किलोको १५५ रुपैयाँ पुगेको छ । त्यस्तै लौका, तने बोडी, पालुङ्गो सागको भाउ किलोमा समान ३०/३० रुपैयाँले बढेको छ । आज लौका किलोमा ३० रुपैयाँले बढेर किलोको ८५ रुपैयाँ पुगेको छ । तने बोडी पनि किलोमा ३० रुपैयाँले नै बढेर किलोको १४५ रुपैयाँ पुगेको छ ।

त्यस्तै पालुङ्गो साग आज किलोमा ३० रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको छ । टाटे सिमीको भाउ आज किलोमा २५ रुपैयाँले बढेर किलोको ११० रुपैयाँ पुगेको छ । त्यस्तै घिरौला र तराईको काउलीको भाउ पनि किलोमा समान २०/२० रुपैयाँले बढेर किलोको समान ८५/८५ रुपैयाँ पुगेको छ ।

तर परवर लोकल,रातो बन्दा, भारतीय गालभेडा सानो लगायतको भाउ सामान्य घटेको छ । आज परवर लोकल किलोमा १५ रुपैयाँले घटेर किलोको ८० रुपैयाँमा झरेको छ ।

त्यस्तै रातो बन्दा किलोमा १० रुपैयाँले घटेर ८५ रुपैयाँमा झरेको छ । आज भारतीय गालभेडा सानोको भाउ पनि ५ रुपैयाँले घटेर ७० रुपैयाँमा झरेको छ । 
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया