जुम्लाको तिला गाउँपालिका साक्षरता पालिका घोषणा

 मंसिर ५, २०८१ बुधबार ९:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

जुम्ला – जुम्लाको तिलागाउँपालिका साक्षरता पालिका घोषणा भएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले हिजो भएको कार्यक्रममा साक्षरता घोषणा गर्नुभएको हो । तिला गाउँपालिकाले सबै वडामा गरिएको सर्भे र कार्यक्रमको आधारमा ९५ दशमलव ४ प्रतिशत व्यक्ति साक्षर रहेका छन् ।

गाउँपालिको शिक्षा शाखाका प्रमुख झनमाया खत्रीका अनुसार १४ हजार पाँच सय ३९ जनसङ्ख्यामा १५ देखि ६० वर्ष उमेर समूहका आठ सय ६७ जना निरक्षर रहेकोमा आठ सय २७ जना साक्षरताका कार्यक्रमबाट साक्षर भएका छन् ।

यसअघि जुम्लाको हिमा गाउँपालिका, सिँजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका, चन्दननाथ नगरपालिका साक्षरता घोषणा भइसकेका छन् ।

गुठिचौर गाउँपालिकालाई भोलि ६ गते साक्षरता पालिका घोषणा गर्ने तयारी छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया